दार्चुला अपिहिमालको ठुलढुङ्गी पुल बाढीले बगायो


दार्चुल : बुधबार रातिको वर्षापछि आएको बाढीले दार्चुलास्थित अपिहिमाल गाउँपालिका ४ को ठुलढुङ्गी पुल बगाएको छ। लगातारको वर्षाका कारण आएको बाढीले पुल बगाउँदा स्थानीय सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएको छ।
ठुलढुङ्गी पुल बगाउँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन्। निकै जोखिम मोलेर विद्यार्थीहरू आवतजावत गरिरहेको स्थानीयले बताए। बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढिपहिरो क्षति गरेको छ। बाढी पहिरोका कारण विभिन्न स्थानमा घर जमिन जोखिममा परेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img