साउने सोमबार शिवालयमा पुजा गर्ने श्रद्धाुलहरुको भिड

कञ्चनपुर : साउने सोमबारको चहलपहल कञ्चनपुरमा पनि छाएको छ । साउनको सोमबार महिलाहरु घरमा सुख शान्तिको कामना सहित शिवालयहरुमा गई पुजा आजा गर्ने गर्दछन् । जसमा आफ्ना श्रीमानको लामो आयुको कामना गर्ने गर्दछन् भने अविवाहित युवतिहरु असल श्रीमान् पाउनको लागि ब्रत बस्ने गर्दछन् । हरेक वर्ष जस्तै यसपालि पनि महिलाहरु साउन महिनामा पर्ने सोमबारको दिन ब्रत बस्ने गरेका छन् साउन महिनामा ५ सोमबार परेमा यसलाई अझ राम्रो मानिन्छ । यसपालिको साउनमा ५ सोमबार परेका छन् ।No description available.

 

उसोत देशभरीमैं साउने सोमबारको ब्रत बस्ने गर्दछन् । हिन्दु धर्म मान्ने महिला पुरुषहरु सोमबार आफुलाई पाईक पर्ने शिवालयमा गई पुजा अर्चना गर्ने गर्दछन् । यसरी पुजा आजा गर्दा शिव भगवान खुशी भई मागेको मनोकामना पुरा हुने विश्वास गरीन्छ । साउनको महिनामा नारी जातिले हरियो चुरा, हरियो पहिरन लगाउने गर्दछन् जसले गर्दा व्यापारीहरु पनि हरियो चुरा र हरियो पहिरनका लुगा कपडा, पोते, टिका जस्ता सबै कुरा हरियो ल्याउने गर्दछन् । आर्थिक मन्दी लागे जस्तै भएको बेला साउन महिना आए पछि अलिक व्यापार बडेको भीम महराले बताए । गिफ्ट सेन्टर, र महिलाको सिङ्गारका समानको व्यापार गर्दै आएका व्यापारी महरा चाड पर्व र धर्म संस्कृतिले पनि व्यपारमा टेवा पु¥याउने गरेको बताए ।

ताजा समाचार

spot_img