कञ्चनपुर : सुुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगर स्नाकोत्तर तह अर्थशास्त्रका विद्यार्थीले शिक्षकको पदपूर्तिको माग अघि सारेका छन । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस मानविकी संकाय अर्थशास्त्र दोस्रो सेमेष्टरका विद्यार्थीले अर्थशास्त्र विषयका शिक्षकको पदपूर्तिको माग अघि सारेका हुन । अर्थशास्त्र दोस्रो सेमेष्टरका विद्यार्थी उर्वादत्त जोशीले शिक्षक अभावमा पठन पाठन प्रभावित भएको बताए । ‘२२ असारदेखि कक्षा संचालन भएका छन, ‘उनले भने, ‘सोही दिनदेखि २विषयको नियमित पढाई बाहेक अन्य विषय भएका छैनन, हाम्रो पढाई प्रभावित भएको छ ।’

उनका अनुसार गणित र बृहद अर्थशास्त्र बोहकका अन्य विषयको नियमित कक्षा संचालन नहुँदा विद्यार्थी मारमा परेका छन । आईतबार मानविकी संकायका सहायक डिन डा. प्रेमसिह भाटलाई ज्ञापत्र पत्र बुझाउँदै यथाशिघ्र शिक्षक आपूर्ति गर्दै नियमित कक्षा संचालनको माग अघि सारेको बताए । ‘विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा शिक्षक अभावको यो बेहाल छ, ‘उनले भने, ‘हाम्रो पढाई र भविष्यमाथि खेलवार्ड भयो, शिक्षक आपूर्तिका लागि खोलिएको विज्ञापन समेत रद्द गरिएको छ ।’ ज्ञापन पत्र बुझ्दै मानविकी संकायका डिन डा. प्रेमसिह भाटले अपुग शिक्षकको भर्ना गरेर विद्यार्थीको नियमित कक्षा संचालन गर्ने तर्फ सकाय लागेको आश्वासन दिए ।

सुप विश्वविद्यालयमा स्वार्थ मिले जे पनि गर्ने नमिले बिरोध गर्ने संस्कारका कारण विश्वविद्यालयमा बेथिति मच्चिएको छ । राजनीतिकको चुङगोलमा रहेको विश्वविद्यालयमा असक्षम आफन्त एव नेता कार्यकर्तालाई भर्ती केन्द्र बनाएर भाँडभैलो मच्चिएको भन्दै सकृय विद्यार्थी संघ संगठनले समेत बेला बेलामा आन्दोलन गर्दै आएका छन । नेता र दलको चाकरी गरेर विश्वविद्यालय छिर्ने र त्यहाँपुगेपछि सेवा आयोग नै पास गरेजस्तो घमण्ड गर्ने केही कर्मचारी प्राध्यापकका विश्वविद्यालय धरासायी बनिरहेको विद्यार्थी संगठनको ठहर छ ।







