कञ्चनपुर : महाकाली साहित्य सङ्गमले आधारभूत डोट्याली व्याकरण तथा डोट्याली बहुभाषिक शब्दकोश सम्बन्धी परामर्श गोष्ठी सम्पन गरेको छ । सुदूरपश्चिमाका नौ वटा जिल्लामा बोलिने भाषा बाट आधार भूत डोट्याली व्याकरण तयार पारिएको छ भने यहाँ बोलिने भाषाहरु बाट डोट्याली बहुभाषिक शब्दकोष तयार पारिएको छ । जसमा सुदूरपश्चिमका नौ वटै जिल्लामा बोलिने भाषा समेटिएको छ। डोट्याली बहुभाषिक शब्दकोषमा डोट्याली, अग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ । जसको लेखक बंशीधर जोशी, त्रिलोक तिवारी, अजुर्न सिह नेगी, खगेन्द्र नाथ वियोगी, हरी प्रसाद खतिवडा, भुवनेश्वरी बडु र हरिश प्रसाद जोशी रहेका छन् । भने सम्पादनमा देव सिह नाथ, डा. हरिश चन्द्र भट्ट, किषन सिह सावद, एम.एस. सावद, डि.एन जोशी र लक्ष्मी प्रसाद भट्ट रहेका छन् ।

शनिबार भएकोे परामर्श गोष्ठीमा डोट्याली बहुभाषिक शब्दकोश र आधारभूत डोट्याली व्याकरणको बारेमा छलफल गरियो अहिले शुरुवात मात्र भएकोले सबै कुरा समेटन सकिएको छैन् आउदा दिनमा सबैको सल्लाह र सुझावको आधारमा धेरै भन्दा धेरै यहाँ बोलिने शब्दहरु संकलन गरी राख्नु पर्ने वाशुदेव विष्टले बताए। त्यसै गरी भुवेश्वरी बडुले भाषा र संस्कृति थुप्रै समस्या आइरहेको बताउनु भयो ‘ विदेशी संस्कृति हावी हुदाँ हाम्रो भाषा र संस्कृतिलाई प्रभाव पारेको छ।’ छोटो समयमा पुस्तक तयार पारेकोले केही कमी कमजोरी रहेका होलान यसलाई आउदा दिनमा सच्याउदै थुप्रै छुटेका शब्दहरुलाई समेटदै जानु पर्नेमा त्रिलोक तिवारीले जोड दिनु भयो । वंशीधर जोशी ‘निर्देशक भाषा विभाग’ ले विद्यालयमा डेट्याली विषयमा अध्ययन अध्यापन गराइनु पर्नेमा जोड दिनु भयो । आफ्नो मातृभाषामा विद्यार्थीले अध्ययन गर्न पाउदा छिटो सिक्ने र पढाई प्रति रुचि लाग्ने बताउनु भयो ।

महाकाली साहित्य सङ्गमको आयोजनामा भएको कार्यक्रममा वंशीधर जोशी निर्देशक भाषा विभागको अध्यक्षता ग्रहण गर्नु भएको थियो भने हरीश प्रसाद जोशी अध्यक्ष महाकाली साहित्य सङ्गम, राजेन्द्र रावल वरिष्ट उपाध्यक्ष, डा. नारायणी भट्ट उप. प्राध्यापक सु.प.वि, भुवेश्वरी बडु नेपाली विभाग प्रमुख सु.प.वि, अर्जुन सिह नेगी अंग्रजी विभाग प्रमुख सु.प.वि, हरि प्रसाद खतिवडा सह प्राध्यापक संस्कृत वि.वि., त्रिलोक दत्त तिवारी उप.प्राध्यापक, डा. हिरा चन्द केन्द्रीय सदस्य महाकाली साहित्य सङ्गम, बासुदेव विष्ट उप प्राध्यापक सुपविको सहभागिता रहेका थियो भने कार्यक्रम सञ्चालन महाकालि साहित्य सङ्गमका महासचिव भवानी चन्दले गर्नु भएको थियो ।







