कञ्चनपुर: सशस्त्र प्रहरीले कञ्चनपुर गड्डाचौकी भन्सार भएर निस्किएको व्यवसायीको समान सहित गाडी बरामद गरेको छ । सशस्त्र प्रहरीले मंगलबार साँझ गड्डाचौकी भन्सार भएर महेन्द्रनगर तर्फ समान ओसारी रहेको एक जिपसहित समान र चालकलाई नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका अनुसार भारतबाट चोरी पैठारी गरिरहेको अवस्थामा म१च ३२९नम्बरको जिप सहित समान र चालकलाई नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ । समान सहित झण्डै साढे १८लाख बराबरको समान भन्सार चलान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
तस्करीमा साहुले गाडी प्रयोग गर्ने तर, निमुखा मजदुर नियन्त्रणमा गरेको भन्दै सशस्त्र प्रहरीको आलोचनाभईरहेको छ । सशस्त्र प्रहरीले वास्तविक तस्कर समुह र गाडी साहु शक्तिशाली भएकाले छुट दिएको मजदुरहरुले बताएका छन । तस्करी नियन्त्रणका लागि मजदुर नभई मुख्य तस्कर र साहुलाई नियन्त्रणमा लिएर मुद्दा चलाउनुपर्ने स्थानीयको माग छ । भन्सार भएर बजारतिर समान ओसारी रहेको उक्त समानमा भन्सारकै सेटिङ्गमा तस्करी भईरहेको दावि गरिएको छ । त्यो समान भन्सार भएर भन्सार काटेर लगिरहेको थियो, तर सशस्त्र प्रहरीले भन्सार नकाटेको भन्दै बरामदगरेर पुन भन्सारमै बुझायो ।यो प्रकरणबाट तस्करीमा भन्सारको मिलोमतो देखिन्छ, वा सशस्त्र प्रहरीलाई लाईन नदिएको झोकमा समातेको भन्दै व्यवसायीले दोहोरो आलोचना गरिरहेका छन ।






