दोधाराचाँदनी पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका विच नगर स्तरिय पूर्ण खोप समन्वय समितिले दोधाराचाँदनीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

दोधाराचाँदनी स्वास्थ्य शाखा प्रमुख जय ब. महराले १ देखि १० वटै वडाका ८सय ३० जना बालबालिकाले पाउनुपर्ने सबै प्रकृतिका खोप पाएकाले पूर्ण खोपयुक्त घोेषणा गरिएको बताए । उनका अनुसार १६ महिनादेखि २३ महिना उमेर पुगेका सबै बालबालिकालाई दिनुपर्ने खोप दिईएको छ ।

कार्यक्रममा खोप क्षेत्रमा अतुलनिय भुमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मी सहित स्वास्थ्य संस्थालाई प्रससित गरिएको छ । नगर प्रमुख किशोर लिम्बु, उप प्रमुख गंगा जोशी सहितका जनप्रतिनिधीले शुभकामना मन्तव्य राख्दै नगरपालिकालाई स्वाथ्यका दृष्ट्रिकोणबाट स्वच्छ राख्ने घोषणा गरेका छन । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयसेविका एव अन्य सार्वसाधारणको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img