संसदमा ओलीको प्रश्न : सिसिटिभी के सडकमा मकै पोल्ने ले मान्न पर्ने?

धिरेन्द्र भट्ट/कंचनपुर : नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपि शर्मा ओलिले सिसिटिभी को पालना सडकमा मकै पोल्नेले मात्रै गर्नुपर्ने भन्दै संसदमा प्रश्न उठाएका छन। सोमबार प्रतिनिधिसभाको बैठकमा अर्थ मन्त्रालयको सिसिटिभी फोटेज डिलिट भएको सन्दर्भलाई लिएर ओलिले सिसिटिभि को पालना निर्देशन अर्थ मन्त्रालयले नभई बाटोमा मकै पोल्ने ले गर्नुपर्ने प्रश्न उठाए।

ओलिको प्रश्न थियो सिसिटिभिको पालना अर्थ मन्त्रालय र अर्थमन्त्री ले मान्न नपर्ने? गृहमन्त्रीलाई सिसिटिभिको फोटेज माग्ने प्रस्ताव आउँदा मन्त्रीले ठाडो रूपमा दिदैन भनी अस्वीकार गरेका थिए। सो कुरालाई लिएर ओलिले दिदैन भन्ने बेला सम्म फोटेज थियो तर पछि किन डिलिट गरियो भनी प्रश्न उठाए। ‘ सिसिटिभि अर्थ मन्त्रालयले मान्न नपर्ने, अर्थमन्त्री ले मान्न नपर्ने! किन दिन्छु दिन्न, थियो नि त दिन्न भन्ने बेलामा, को हो तिनीहरु माग्नेहरु माग्ने बेलामा दिदैन भन्ने बेलामा थियो त अनि डिलिट किन’ उनले भने, ‘यत्रो गम्भीर प्रश्न उठिराखेका बेला यो त अर्थतन्त्रको आधारभूत मुल्य मान्यता र अर्थतन्त्रको अस्मितालाई नै लुट्ने काम भयो।

आर्थिक अनुसासन हिनताको यो भन्दा अर्को नमुना आर्थिक अराजकताको यो भन्दा अर्को नमुना हुनै सक्दैन। बजेट बाहिरका मान्छे राखेर ब्यापारीका प्रतिनिधि राखेर बनाइन्छ भने यो भन्दा अन्तरास्ट्रिय रूपमा लज्जाजनक विषय के हुन्छ।’ ओलिले उक्त बिसयको छानबिन समिति गठन गरि त्यसको सत्यतथ्य र निष्पक्ष छानबिन गरि त्यसको प्रतिबेदन सदनमा आउनुपर्ने माग राखे।

ताजा समाचार

spot_img