कञ्चनपुर वाणिज्य संघ चुनावमा पिताम्बर जोशी प्यानलको घोषणपत्र सार्वजनिक

महेन्द्रनगर : कञ्चनपुर उद्योग वाणिज्य संघको १७ औं कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पिताम्बर जोशीले आफनो प्यानदको घोषणपत्र सार्वजनिक गरेका छन् । शनिवार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफनो घोषणपत्र सार्वजनिक गरेका हुन् । उनको घोषणपत्रमा उनले वाणिज्य संघको अध्यक्षका प्रत्यासी पिताम्बर जोशी प्यानलको घोषणा पत्र जिल्लाभरीका साना ठुला सबै व्यवसायीको अद्यावधिक गर्दै समस्या समाधान गर्ने सार्वजनिक निजी साझेदारी कार्यक्रम समेत सञ्चालन गर्ने सहजिकरण गर्नका लागि स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय संग सगदृढ एवं समन्वयकारी भुमीकामा रहने ।

व्यवसायिक छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ , महासंघको प्रदेश कार्यकारिणी समितिमा कञ्चनपुर उद्योग बाणिज्य संघको बढि भन्दा बढि प्रतिनिधित्व गराउने । कञ्चनपुर जिल्ला तथा सूदुरपश्चिम प्रदेशमा उत्पादित वस्तुलाई भारत लगायत अन्य देशमा निर्यातका लागि व्यापार तथा निकासी प्रवद्र्न केन्द्रको क्षेत्रिय सम्पर्क कार्यालय महेन्द्रनगरमा स्थापना गर्न पहल गर्ने । कञ्चनपुर उद्योग बाणिज्य संघको स्थायी आय श्रोतका लागि ठोस योजना ल्याउने । कञ्चनपुर जिल्लामा सार्वजनिक निजी सहकारी कार्यक्रम(ppcp) अन्त्रगत एक नमुना उद्योग एवं व्यवसायहरु संचालनमा ल्याईने छ । संघका सदस्यहरुलाई सूचनाको अभावका कारण पर्ने व्यवसायक दुविधा समाधान गर्न तथा नयाँ सूचना, नयाँ नीति समयमै प्राप्त होस भन्नका लागि अभिमुखिकरण तालिमको आयोजना गरिनुका साथै विद्युतिय सूचना गृहको स्थापना गर्ने ।

उद्यमी, व्यवसायीलाई आवश्यक पर्ने लेखा व्यवस्थान, कर व्यवस्थापन , स्टोर व्यवस्थापन लगायतका बिषय एवं क्षेत्रमा दक्ष जनशक्ति निर्माण गरि जनशिक्ती बैंकको स्थापाना गर्ने । निर्माणधिन मझगाउँ एयरपोर्टलाई समयमा सम्पन्न गराउन र वायु सेवा संचालनका लागि सरोकारवाला निकायसंग आवश्यक पहल कदमी गर्ने । संघले बारम्बार उठाउदै आएको दैजी छेला औद्योगिक क्षेत्र तथा दोधारा चादनी सुख्खा बन्दरगाह निर्माण एवं संचालनका लागि तथा स्वदेशी एवं विदेशी लगानी भित्रयाउन तदारुकताका साथ पहल पर्ने । कञ्चनपुर जिल्लाको समग्र आर्थिक सामाजिक विकासका लागि जिल्लाका संघिय माननिय, प्रदेश माननिय, राजनैतिक दलहरु, स्थानिय सरकारका प्रमुख , उप प्रमुखसंग समन्वय गरि समृद्ध जिल्लाका लागि एकृकित एवं दिर्घकालिन योजना निमार्णका लागि समन्वयकारी भुमिका निर्वाह गर्ने ।

भारतिय सिमामा देखिएका व्यापारिक समस्याहरु न्यूनिकरण एवं समाधानका लागि भारतिय प्रहरी प्रशासन तथा नेतागण , भारतिय व्यापार संगठनहरु वीच नियमति समन्वयात्मक बैठकको आयोजना गर्ने । कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, पर्व पदाधिकारी एवं पुर्व सदस्यहरुको ज्ञान र अनुभवलाई अधिक्तम उपयोग गर्नका लागि छुट्टै फरोम गठन स्थापना गर्ने । जिल्ला भरीका विभिन्न नगर उद्योग बाणिज्य संघहरु, बिषयगत संघहरु, व्यवासायी संघ( संगठनहरुसंग समुधुर समन्वय स्थापित गरी अभिभाकत्व लिने । मास व्यवसायी विमाका लागि पहल गर्ने । साना व्यवसायीको सुरक्षा र प्रवद्र्धनका लागि वित्तिय संस्था र स्थानिय सरकार संग समन्वय र सहकार्य गर्ने । व्यवसायी व्यवसायी बीच डिजिटल माध्यमबाट जोडि परामर्श दिनका लागि डिजिटल मञ्चको स्थापना गर्ने । अनुसन्धान सहति व्यवसाय संचालन गर्न तालिम संचालन गर्नुका साथै नवसंचालित व्यवसायका लागि राणनितिक समस्या समाधान, बजार व्यवस्थापन , प्रचार प्रसार गर्न हेल्प डेक्सको स्थापना गर्ने । सदस्यहरुको व्यवसायिक अभिवृद्धिका लागि ग्राहक सम्बन्ध ब्यवस्थापन, विक्रयकला, उद्यमशिलता विकास, व्यवसायिक योजना निर्माण गर्न गराउन अनुभवि प्रशिक्षक द्धारा नियमित रुपमा तालिम आयोजना गर्ने ।

उम्मेदवार जोशीलाई संघमा निर्विरोध निर्वाचित भएका सबै पदाधिकारीले खुलेरै समर्थन गरेका छन् । निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ, सचिव राहुल भट्ट र कोषाध्यक्ष चेतराज जोशी पिताम्बरको पक्षमा देखिएपछि उनको पल्ला भारी भएको छ । पिताम्बरको प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्म रावल र महासचिवमा खगेश्वर बोहरा उम्मेदवार रहेका छन् । निर्वतमान अध्यक्ष जंगबहादुर मल्ल, पूर्व सुरेश रावल, हेमराज पाण्डे, माधव भट्ट लगायत विभिन्न संघसंस्थाका अगुवाले समेत अध्यक्षमा पिताम्बरलाई नै सघाएका छन् । अध्यक्ष पदमा पूर्व अध्यक्ष गणेशदत्त जोशी समेत उम्मेदवार बनेर प्रतिस्पर्धामा रहेका छन् । गणेशको प्यानलबाट वाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला भट्ट सापकोटा उम्मेदवार छन् ।

ताजा समाचार

spot_img