कञ्चनपुर: ईन्टरनेशनल आईटिएफ तेक्वान्दो संघ कञ्चनपुरको अध्यक्षमा तुल बहादुर थापा(मगर)चयन भएका छन । मंगलबार महेन्द्रनगरमा सम्पन्न भएको तेस्रो जिल्ला भेलाबाट अध्यक्षमा थापा(मगर) चयन भएका हुन । उपाध्यक्ष माधव जोशी, तेजेन्द्र ऐर, सचिव आविशेक बस्नेत, कोषाध्यक्ष राधिका रावल, सदस्य दिपक सिह, राम धामी, सोम बस्नेत चयन भएका छन ।

सल्लाहकार तर्फ कौसिल्या ओझा, कृष्णदत्त जोशी(बोक्सर), प्रदेश प्रतिनिधी बिरेन्द्र सिहसाउद, गंगादत्त जोशी, दिपक साउद(शेखर), आयुशा बस्नेत रहेका छन । ईन्टरनेशनल आईटिएफ तेक्वान्दो संघ कञ्चनपुरको अध्यक्षमा चयन भएका तुल बहादुर थापा(मगर)ले खेल क्षेत्रको विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







