वाणिज्य संघको संस्थागत सदस्य तर्फ औषधी व्यवसायी संघका अध्यक्ष बुडा निर्बिरोध

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको संस्थागत सदस्य तर्फ रामचन्द्र बुडा निर्बिरोध निर्वाचित भएका छन । संघको नयाँ कार्य समिति चयनका लागि मंगलबार भएको उम्मेदवारी दर्ता अनुसार नेपाल औषधी व्यवसायी संघका तर्फबाट अध्यक्ष बुडाले संस्थागत सदस्यमा उम्मेदवारी दिएका थिए ।

उनको एक्लो उम्मेदवारी परेसंगै निर्बिरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । वाणिज्य संघको संस्थागत सदस्य तर्फनिर्वाचित भएका बुडा झण्डै ३दशक बढि समयदेखि औषधी व्यवसाय गर्दै आएका छन ।

ताजा समाचार

spot_img