मानवअधिकार उलंघन र ज्यादतीका घटना बढे : इन्सेक

कञ्चनपुर : नेपालमा मानवअधिकार उलंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ जनवरी देखि जुनसम्मको मानवअधिकार उलंघन र ज्यादतीका घटनाहरु बढेको देखिएको हो ।

नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ अर्ध बार्षिक पूर्व समिक्षाको शुक्रबार एक कार्यक्रमका बिच अनौपचारिक सेवा केन्द्र(इन्सेक) कञ्चनपुरले सन् २०२२ जनवरी देखि जुन महिनासम्म १२६ घरेलु हिंसा, २ अमानवीय व्यवहार, ७ महिला तथा बालिका बलात्कार, १ यौन दुव्र्यवहार, १ कुटपिट र १ हत्याको घटनागरी जम्मा १ सय ३७ जना पीडित भएको जनाएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२३ अर्धबार्षिक पूर्व समिक्षाको बिषयमा सरोकारवालाहरुसंग छलफल गरेको हो ।

अनौपचारिक सेवा केन्द्र(इन्सेक) कञ्चनपुरका प्रतिनिधी लिली कुवँरले विगतको भन्दा हिंसा तथा ज्यादतीका घटनाहरु झण्डै दोब्बरले बृद्धि भएको बताउनु भएको छ ।

ताजा समाचार

spot_img