माओवादीले श्रावण १५ सम्म उम्मेदवारको टुंगो लगाई सक्छ : प्रचण्ड

धिरेन्द्र भट्ट/कंचनपुर : माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रले श्रावण १५ सम्ममा प्रदेश तथा संघको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाइसक्ने बताएका छन। बिहीवार ललितपुर जिल्लामा माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आउदो प्रदेश तथा संघ निर्वाचनको लागि समय छदै उम्मेदवारको टुङ्गो लगाइसक्ने स्पस्ट पारे। उनले समय छदै उम्मेदवारको टुंगो लगाई तयारिको लागि पर्याप्त समय हुने भन्दै श्रावण १५ भित्र उम्मेदवारको टुङ्गो लगाइ सक्ने बताउनुभयो।

‘उम्मेदवार छान्दा खेरी पनि जित्ने कुरालाई, लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भयो, जसलाई उठाउदा जित्ने सम्भावना हुन्छ अरु चिज हेर्नू भएन। प्रचण्डले भने, ‘ हामिले यो गएको निर्वाचनमा ललितपुर तथा अन्य ठाउको कुरा गर्दा हामिले जित्ने कुरालाई भन्दा पनि कतिपय ठाउँमा अरु कुरालाई प्राथमिकता दिएर टिकट बाडियो, परिणाम हारियो। त्यसकारण यो पटक प्रदेश र संघमा हामी कोइ आग्रह पुर्वाग्रह नलिउ जित्ने लोकप्रिय र जनताले मन पराउने उम्मेदवार छान्ने कोसिस गरौ।’

प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा गठबन्धन हुने प्रष्ट पार्दै स्थानीय निर्वाचनमा जसरी गठबन्धन मा चाहिने भन्दा बढि आस गरे झै यो पटकको निर्वाचनमा त्यति आस नगर्न माओवादीका पार्टी जनप्रतिनिधि तथा कार्यकर्तालाई आह्वान समेत गर्नुभयो।गठबन्धन भए ठिक छ नभए एक्लै पनि भिड्ने हो भन्ने तयारी गरे मात्रै गठबन्धन पनि हुने प्रचण्डले बताउनुभयो।

ताजा समाचार

spot_img