विप्लव कञ्चनपुरका यि चार नेताले पाटी परित्याग गरे

कञ्चनपुर : नेकपा विप्लव कञ्चनपुरका प्रभावशाली चार नेताहरुले पाटी परित्याग गरेको घोषणा गरेका छन । विप्लव सुप प्रदेशका नेता ओम पुन(निर्माण) सहितले पाटी परित्याग गरेकै दिन नेकपा विप्लव कञ्चनपुरका सचिवालय सदस्य समेत रहेका रामदत्त भट्ट सहितका चार जना नेताले समेत पाटी परित्याग गरेको घोषणा गरेका हुन । भट्ट सहित सचिवालय सदस्य भुवन कुँवर, ईन्द्र बहादुर मडै र टेकराज भट्टले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर नेकपा विप्लव पाटी परित्याग गरेको घोषणा छन ।

राजिनामा पत्रमा विगत किरणदेखि विप्लवको नेतृत्वमा पार्टी निर्माण तथा पुर्ननिर्माणमा संगसंगै यहाँसम्म आएको विषय उल्लेख गरिएको छ । बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिकलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाएका छन । कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारलाई एकीकृत र धुर्विकृत गर्ने व्यक्तिगत एव सामुहिक पहलमा अघि बढ्नुपर्ने बस्तुगत आवश्यकतालाई महसुस गरी त्यसकै प्रयास स्वरुप हामीले आजकै मितिदेखि नेकपा नेतृत्वको नेकपाबाट अलग भएको घोषणा गरेका छन ।

ताजा समाचार

spot_img