महेन्द्रनगरको ग्लोबल डायश्पोरामा कक्षा शुरु


कञ्चनपुर :  कञ्चनपुरको महेन्द्रनगरमा रहेको ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिमा कक्षा शुरु भएका छन । बिहीबार एक कार्यक्रममा विच औपचारिक रुपमा ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिमा कक्षा शुरु भएका हुन । उद्घाटन कार्यक्रममा ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक रिजन मडै, कार्यकारी निर्देशक राहुल रग्मी र जापानीज भाषाका शिक्षक हरिस रिमालले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि कक्षा संचालन गरिएको ग्लोबल डायश्पोरा एजुकेशन कन्सल्टेन्सी प्रालि महेन्द्रनगरका प्रबन्ध निर्देशक गम्भिर चन्दले बताए । प्रबन्ध निर्देशक चन्दका अनुसार आईएलटिएस, पिटिए, जापानिज, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रवेस परीक्षाका कक्षा संचालन हुने छन ।

कक्षा १२ उर्तिण गरेका विद्यार्थी उच्च शिक्षाका लागि अध्ययन गर्न यस अघि धनगढी, काठमाण्डौँ, जानुपर्ने बाध्यता थियो । स्थानीय स्तरमै आईएलटिएस, पिटिए, जापानिज, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रवेस परीक्षाका कक्षा संचालन हुने भएपपछि विद्यार्थीलाई राहत हुने भएको छ ।


ताजा समाचार

spot_img