जन्मदिनको अवसरमा समाजसेवी भट्ट द्धारा रक्तदान


कञ्चनपुर: एक समाजसेवी युवाले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरेका छन् ।
सनिवार सामाजिक सेवामुलक कार्यहरुमा निरन्तर सक्रिय रहने र निरन्तर युवाहरुलाइ उत्प्रेरणाा गराइरहने जुझारु युवा समाजसेवी भोजराज भट्टले आफ्नो जन्मदिनको पावन अवसरमा रक्तदान गरेको हो। उनले पहिलो पटक रक्त सञ्चार सेवा केन्द्र महेन्द्रनगरमा आइ स्वयंसेवी रुपमा रक्तदान गरेका हुन।
मानव जिवनमा “रक्त दान जीवन दान” हो भन्ने प्रयत्नले उनले आफ्नो शुभ दिनमा शुभकार्य गर्नु भएको भन्दै नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगरले जन्मदिनको शुभकामना समेत व्यक्त गरेको छ।May be an image of 2 people and people standing

ताजा समाचार

spot_img