सुप बिश्वबिद्धालयले आयोजना गरेको अन्तरास्ट्रिय कार्यक्रम सम्पन्न


महेन्द्रनगर: सुदुरपश्चिम बिश्वबिद्धालयले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय कार्यक्रम स्कलर्ली पब्लिकेसिङ्ग समर ईन्स्टिच्युट आज बिश्वबिद्धालयको केन्द्रिय कार्यालय महेन्द्रनगरमा सम्पन्न भएको छ। जेष्ठ १९ र २० गते सन्चालन भएको उक्त कार्यक्रम भौतिक र भर्चुल रुपमा सन्चालन भएको थियो। सुदुर पश्चिमका नवै जिल्लामा रहेका सुपबि केन्द्रिय र आङ्गिक क्याम्पसमा कार्यरतरत १ सय ४५ जना प्राध्यापकहरुको कार्यक्रममा सहभागिता थियो।No description available.

बिश्वबिद्धालयलाई अनुसन्धान केन्द्रको रुपमा अगाडि बढाउन अनुसन्धान अनिवार्य भएकोले सुदुरपश्चिमका शैक्षिक संस्थाले आफ्ना अनुसन्धान मार्फत यहाँको यथार्थतालाइ उजागर गर्न सकुन र नयाँ अनुसन्धान मुलक काममा प्राध्यापकको योगदान रहोस भनि बिश्वबिद्धालयमा यो कार्यक्रम आयोजना गरेको बिश्वबिद्धालयका उपकुलपति अम्मराज जोशीले बताउनु भयो। प्रागिक लेखन र नयाँ अनुसन्धानकर्ताले गुणस्तरीय अनुसन्धान गर्न के कसरी अनुसन्धान गर्ने र प्रकाशन गरी ब्यबहारिक ज्ञानमा ल्याउन सकिन्छ भन्नेमा कार्यक्रम केन्द्रित भएकोले यो उपलब्धि मुलक भएको सहभागी उप-प्राध्यापक टिकाराम खरेलले बताउनु भयो।No description available.

कार्यक्रममा बोल्दै उपकुलपति जोशीले बिश्वबिद्धालयले अब यस्ता कार्यक्रम अगाडि बढाइ बिश्वबिद्धालयलाई नयाँ गति तिर लैजाने र तेस्मा हरेक सरोकारवालाको उत्तिकै योगदान रहने भएकोले सबैले सकारात्मक सन्देशका साथ बिश्वबिद्धालय अगाडि जानू पर्नेमा जोडदिनु भएको हो। कार्यक्रममा प्रशिक्षकको रुपमा अमेरिकाको क्यालीफोर्निया बिश्वबिद्धालयका डा.सन्तोष खडका,डा. ईश्वरी पाण्डे, डा. जे. सी. ली, त्यसैगरी नर्थवेस्टर्न युनिभर्सिटीका डा. राजेन्द्र पङ्गेनी डेलावयर युनिभर्सिटीका डा.भूषण अर्याल डा. चेतनाथ गौतम साम हुस्टन युनिभर्सिटीका डा. श्याम पाण्डे रहेका थिए।


ताजा समाचार

spot_img