मलखाद उपलब्ध गराउन माग राख्दै जनमोर्चा निकट किसान महासंघको प्रधानमन्त्रीलाई ज्ञापन

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघले किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । शुक्रबार किसान महासंघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत किसानलाई समयमै मलखाद उपलब्ध गराउनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्कीले अखिल नेपाल किसान महासंघले मुल्य बृद्धि नियन्त्रणदेखि किसानका समस्या समाधानका लागि प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

ताजा समाचार

spot_img