कञ्चनपुर : कोरोना महामारी बिरुद्धमा बुष्टर डोज खोप लगाएकी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । चार दिन अघि बुष्टर डोज खोप लगाएकी भीमदत्त नगरपालिका १९ बागफाँटाकी २० बर्षिया गंगा रानाको मृत्यु भएको हो । रानाका घर परिवारका अनुसार १६ जेठमा खोप लगाएदेखि बिरामी भएकी गंगाको बिहीबार दिउँसो मृत्यु भएको छ । बागफाँटाकै बुष्टर डोज खोप लगाएकी अर्की स्थानीय तिर्थ राना समेत बिरामी भएकी छिन । तिर्र्थको महाकाली अस्पतालमा उपचार भईरहेको छ । तर, गंगाको मृत्यु खोपकै वा अन्य कारणबाट भएको बारे स्वास्थ्य कार्यालयबाट एकिन गरिएको छैन ।


स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गंगाको मृत्यु बारे एकिन भन्न नसकिने बताए । ‘गंगाको मृत्यु कोरोनाका खोप दिएर वा नदिएर भन्ने बारे अहिल्यै भन्न सकिदैन, ‘उनले भने, ‘अन्य कारणबाट समेत हुनसक्छ ।’ मृतक परिवार स्थानीयले भने स्वास्थ्यकर्मीको लार्पबाहीका मृत्यु भएकाले छानबिन हुनुपर्ने माग अघि सारेका छन । खोप लगाउने अवधि एव लगाएपछिको अवस्था बारे स्वास्थ्यकर्मीले वेवास्ता गरेकाले मृत्यु भएको मृतक परिवारको गुनासो छ ।







