जनज्योती क्याम्पस संचालक समितिको अध्यक्षमा जोशी


कञ्चनपुर : कञ्चनपुरको निजी क्षेत्रबाट संचालित रहेको जनज्योती बहुुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा माधव प्रशाद जोशी चयन भएका छन । जनज्योती एजुकेशन फाउण्डेशन लिमिटेड मार्फत संचालित क्याम्पस संचालक समितिको अध्यक्षमा जोशी चयन भएका हुन ।

सदस्यमा भवानी प्रशाद पन्त, खेमलाल घिमिरे, हरिराम चौधरी, नवराज जोशी, डा. शंकर भट्ट, गंगा विष्ट(साउद) रहेका छन । जनज्योती बहुुमुखी क्याम्पस संचालक समितिको अध्यक्षमा चयन भएका माधव प्रशाद जोशीले क्याम्पसमा थप नयाँ नयाँ शैक्षिक कार्यक्रम संचालन गर्ने बताए । ‘दुई बर्ष अन्य क्षेत्र कोभिटले धरासायी भएसंगै क्याम्पस पनि धरासायी नै रह्यो, ‘उनले भने, ‘गुणस्तरिय ढङगबाट शैक्षिक कार्यक्रम संचालन हुन्छन ।’

सुदूरपश्चिम प्रदेशमै त्रिवीको सम्बन्धन प्राप्त क्याम्पस भएकाले निजी क्षेत्रबाट संचालित त्रिबीको सम्बन्धत प्राप्त क्याम्पसलाई नमुना बनाउने बताए । नर्सरीदेखि स्नाकोत्तरसम्म कक्षा संचालन हुँदै आएको क्याम्पसमा थप प्राविधिक धार तर्फका शैक्षिक कार्यक्रम संचालन गरिने अध्यक्ष जोशीले प्रतिबद्धता जाहेर गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img