कञ्चनपुर: भीमदत्त नगरपालिकामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि ,पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार भन्ने मुल नाराका साथ यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई मानव अधिकार सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सपना गरिएको हो।
भीमदत्त नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोगमा लैङ्गकि समानता तथा सामाजिक सुरक्षा उपशाखाको आयोजनामा सहयात्रा नेपाल कञ्चनपुरको समन्वयमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायहरु लाई सहयात्रा नेपालको सभाहलमा जेठ १० र ११ गते दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको साहयक महिला विकास निरक्षक कलावती कुवरले बताउनु भयो। उनका अनुसार , मानव अधिकार सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रममा २५ जनाको सहभागिता रहेको र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको पारेमा सहयात्रा नेपालका संस्थापक अध्यक्ष अरुणा सुवेदी र देवराज बडुले प्रस्तुतीकरण दिनु भएको थियो।

कार्यक्रममा सहभागिता हुन पाउँदा आफुहरु धेरै खुसी रहेको एक सहभागीले बताए। उनले भने,आगामी दिनमा पनि आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि पहल कदमी अगाडि बढाई दिन र यो समुदायलाई लक्षित गरि बजेट विनियोजन संगै कार्यक्रम आयोजना गर्न समेत अनुरोध गरेका छन् । लैङ्गकि समानता तथा समाजिक सुरक्षा उपशाखा अधिकृत कुन्ती लेखक , सहायक महिला बिकास निरक्षक कलावती कुवर, प्रशिक्षण देवराज बडु ,अरुणा सुवेदी लगायत सहयात्रा नेपालका पदाधिकारीको उपस्थिति रहेको थियो।








