फराकिलो मतको अन्तरले बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी निर्वाचित


 कञ्चनपुर: बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन ।No description available.

चौधरीले ८ हजार ७८७ र बोहराले ६ हजार ८०३ मत ल्याएका थिए ।काँग्रसका हरेन्द्र विष्टले ६ हजार ३१३ मत ल्याएका छन । यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाटै उम्मेदवार भएका चौधरी मेयरमै निर्वाचित भएका थिए । यति बेला २९ हजार ३७७, मतदाता मध्ये २३ हजार १२४ मत खसेका थिए । चौधरीले काँग्रेसका उम्मेदवार हरेन्द्र विष्ट र एमालेका उम्मेदवार पल्लवराज भट्टलाई झिनो मतको अन्तरले हराउँदै प्रमुखमा निर्वाचित भएका थिए । उतिबेला पोतिलाल चौधरीले ६ हजार ७ सय ६३ मत ल्याएर निर्वाचित भएको बुझिन्छ । अहिले उनको मत बृद्धि भएको छ ।No description available.

जनप्रिय र विकासप्रेमी नेता भएकाले पाँच बर्ष पछि चौधरीको लोकप्रियताले जनमत बृद्धि भएको स्थानीको भनाई छ । उप मेयरमा भने एमाले उम्मेदवार जोगराम चौधरी निर्वाचित भएका छन । चौधरीले माओवादीका मञ्जु शाहलाई ७ सय ४८ मतको अन्तरले हराउँदै उप प्रमुखमा निर्वाचित भएका छन । चौधरीले ७ हजार ५८३ र शाहले ६ हजार ८३५ मत ल्याएकी छिन । काँग्रेसकी नेतृ खिना भण्डारीले ६ हजार ६१३मत ल्याएकी छिन । बेलौरीमा काँग्रेसले १, माओवादीले ४ र एमाले ५ वडा जितेको छ । ५२ पदका लागि बेलौरीमा २३३ जना उम्मेदवार चुनावी मैदानमा थिए । ३९ हजार ५३९मतदाता रहेको बेलौरीमा २५ हजार ७२९ मत खसेका थिए । एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो । २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए ।No description available.

एमाले–माओवादी प्रमुख नेताले महत्वका रुपमा हेरेको बेलौरी सबैको चासो बढ्दै गएको थियो । २२ बैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली र २६ बैशाखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले बेलौरी मञ्चमा आ–आफ्ना उम्मेदवारका लागि मत मागेका थिए । पोतिलाल चौधरीलाई हराउन एक समुहले षड्यन्त्र गरेपनि जनताले उक्त षड्यन्त्र चिरेको छ । ०७४ चुनावकै मुखमा एमालेबाट टिकट नपाएपछि एमाले नेता यज्ञ कडेल माओवादीतिर आएका र ०७९ मा माओवादीबाट टिकट नपाएपछि एमालेमा प्रवेस प्रकरणले कतै माओवादीमा मत फरक पर्ने आशंका गरेपनि ०७४ भन्दा फराकिलो मतले माओवादीका चौधरी विजयी भएका छन ।No description available.एमाले बेलौरीका नेताहरुले उतिबेला पल्लव राज भट्ट हराउन माओवादीमा प्रवेस गरेको र अहिले पोतिलाल हराउन एमालेमा आएपनि कडेलको पाटी परिर्वतनले पल्लवलाई क्षति पुगेपनि पोतिलाललाई भने फलिफाप भएको नेताहरुले बताईरहेका छन । कडेललाई सुदूरपश्चिमका थारु र पहाडी समुदायलाई नेतृत्वमा आएको नदेख्ने भएकाले थारु पहाडी बिरोधीको संज्ञा दिईन लागेको छ ।No description available.No description available.


ताजा समाचार

spot_img