कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका ३ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार एमाले काँग्रेसका उम्मेदवार भन्दा दोब्बर मतले निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालय शुक्लाफाँटाका अनुसार ३मा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र चौधरी दोब्बर मतले निर्वाचित भएका छन ।

चौधरीले एमालेका उम्मेदवार कपिन्द्र बम र काँग्रेसका उम्मेदबार चन्द्रलाल चौधरी भन्दा झण्डै दोब्बर मत ल्याएर जितेका हुन । चौधरीले ४५५, बलमे २४८ र चौधरीले २४८ मत ल्याएका थिए ।

चौधरी यस अघि ०७४ मा पनि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वडामा लोकप्रियता र जनमुखी काम गरेकाले उनी सहित प्यानलै निर्वाचित भएको छ ।







