कञ्चनपुर : दोधारा चादनी नगरपालिकाको वडा नं. ६ मा नेकपा(एमाले) का ओम बस्नेत विजयी भएका छन । एमालेका बस्नेतले ८ सय ३ मत लिएर विजयी भएका हुन ।

उक्त वडामा नेकपा एमालेको प्यानलसहित विजयी भएको छ । २०७४ को स्थानीय तहको चुनावमा बस्नेत नेपाली कांग्रेसका दिल बहादुर सिजालीसंग पराजित भएका थिए ।

बस्नेतले प्रतिद्धद्धी नेपाली कांग्रेसका दिल बहादुर सिजालीलाई १ सय १४ मतान्तरले पराजित गरेका छन । त्यसैगरी दलित महिला सदस्यामा चाँदनी सुनार ७ सय ५२ मत लिएर विजयी भएकी छन । महिला सदस्यामा सपना रानाले ७ सय ६२ मत लिएर बिजयी भएकी छन ।

त्यसैगरी एमालेकै खुला सदस्यमा क्रमशः ७ सय ३६, ७ सय ५२ मत लिएर गणेश शाही र गणेश मगर विजयी भएका छन । दोधारा चादनी नगरपालिकाको वडा न१ र वडा न५ मा राप्रपाले जित हात पारेको थियो ।






