लालझाडी । शृङ्खलाबद्धरुपमा रानाथारु समुदायका उम्मेदवारमाथि आक्रमण गर्न थालेका एमालेका नेता तथा कार्यकर्ताले लालझाडीमा पुनः थारु उम्मेदवारमाथि आक्रमणकाे प्रयास गरेका छन् ।

आज साँझ एकजना उम्मेदवारकाे घरमा बसिरहेकाे बेला माओवादी केन्द्रबाट वडा नं ३ का अध्यक्ष टिकाराम चाैधरीमाथि एमालेका नेता कार्यकर्ताले आक्रमण गरेका हुन।

लालझाडी प्रहरिका अनुसार, माओवादीका उम्मेद्वार चाैधरिसहित तीनजना घरमा बसिरहेकाे बेला एमाले कार्यकर्ता त्यहाँ पुगेर आक्रमण गर्न थालेका थिए ।त्यसलगत्तै घटनास्थलमा पुगेकाे प्रहरिमाथि समेत उनीहरुले ढुंगा प्रहार सुरु गरेका थिए ।

अवस्था बिग्रिने भएपछि उम्मेदवारसहितलाई गाडीमा राखेर।बेलाैरी पुर्याईएकाे छ । एमालेले हिजाे मात्रै लालझाडीमा माओवादीमाथि आक्रमण गरेकाे थियाे ।
त्यसअघि बेलाैरीमा एकीकृत समाजवादीका उपाध्यक्ष उम्मेद्वार नन्दलाल रानामाथि हातपात गरेकाे थियाे ।।






