लालझाडी वडाध्यक्षका उम्मेदवार रानामाथि साँघात्मिक हमला गर्ने एमाले कार्यकर्ता बिरुद्ध किटानी


कञ्चनपुर:  लालझाडी गाँउपालिका १ वडाध्यक्षका उम्मेदवार दिनेश रानामाथि ज्यान लिने गरि साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्ता बिरुद्ध प्रहरीमा किटानी दिईएको छ ।
नेकपा माओवादी केन्द्र लालझाडीले आफ्ना वडाध्यक्षका उम्मेदवार राना माथि बिनवारी गाँउमा ज्यान लिने गरी साँघात्मिक हमला गर्ने दर्जनौँ एमाले नेता कार्यकर्ता बिरुद्धमा किटानी जाहेरी दिईएको छ ।
माओवादीले आफ्ना उम्मेदवार रानामाथि हमला गर्ने एमाले नेता कार्यकर्ता प्रकास राना, किशोर जोशी, नरेश राना, प्रतिम राना, सोहन राना, दिनेश राना, बलदेव राना, सन्तराम राना कर्ण ब. बडायक, पदम भण्डारी, करन चौधरी, चक्र्र ब. भण्डारी, नन्दलाल राना, डबल बहादुर भण्डारी सहित ४५ जना नेता कार्यकर्ताका नाममा किटानी दिएको हो । उनीहरु बिरुद्धमा इलाका प्रहरी कार्यालय कञ्ज कसुवामा किटानी दिएको छ । प्रहरीले वडाध्यक्षमा उम्मेदबार रानामाथि साँघात्मिक हमला गर्नेहरुको खोजि कार्य जारी गरेको जनाएको छ । कञ्चनपुर प्रहरीले वडाध्यक्षका उम्मेदवार रानामाथि हमला गर्नेहरु भागेकाले खोजिकार्य भएको जनाएको छ । कञ्चननपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले दिनेश रानामाथि कुटपिट गर्नेहरुको खोजि कार्य जारी रहेको बताए । जस जसको नाममा किटानी आएको छ, ति सबैलाई नियन्त्रणमा लिएर कार्बाही गर्ने एसपी चौधरीको भनाई छ । एमाले नेता कार्यकर्ताको कुटपिटबाट घाईते भएकाले दिनेश रानाको उपचार भईरहेको छ ।
एक दिन अघि मात्रै एमालेका नेता कार्यकर्ताले बेलौरी उप प्रमुखका उम्मेदवार नन्द कुमार रानामाथि भौतिक आक्रमण गरेका थिए । भने दोस्रो दिन लालझाडीमा वडाध्यक्षका उम्मेदवार राना थारु समुदायमाथि आक्र्रमण गरेको भन्दै रानाथारु समुदाय समेत एमालेपति रुष्ट रहेको छ । एमालेका नेता कार्यकर्ताहरुले राना थारु समुदायका उम्मेदवारलाई निसाना बनाईरहेका छन । राना थारु समुदायबाट अधिकाँस माओवादी र समाजवादीले उम्मेदवार अघि सारेका छन ।
जहाँ राना थारु समुदायका उम्मेदवार त्यहाँ एमालेले भौतिक आक्र्रमण गर्न थालेपछि कञ्चनपुरका राना थारु समुदाय एमालेप्रति आक्र्रोसित भएका छन ।
राना थारु समुदायका अगुवा गणेश रानाले एमाले यस पटकको निर्वाचनमा जहाँ जहाँ राना थारु समुदायबाट उम्मेदवार छन, त्यही भौतिक आक्र्रमणमा जुटेको बताए । राना समुदायले एमाले नेता कार्यकर्ताले क्रमिक रुपमा राना थारु समुदायका उम्मेदवार छानीछानी कुटपिट गर्ने कार्यको निन्दा गरेको छ । माओवादी केन्द्र, समाजवादीले समेत बेलौरी र लालझाडीमा राना समुदायबाट उम्मेदवारमाथि एमाले नेता कार्यकर्ताको गतिबिधीको भत्र्सना जाहेर गरेका छन ।


ताजा समाचार

spot_img