सार्क एजुकेसन फाउण्डेसनद्धारा विज्ञान कला प्रदर्शन

 रिमोट कन्ट्रोल कार देखि सोलार सिस्टम मोडेलसम्मका आविस्कार प्रदर्शनमा


महेन्द्रनगर । बजारको मुटुमा अवस्थीत सार्क एजुकेसन फाउण्डेसनले तिन दिने विज्ञान कला प्रदर्शनी सम्पन्न गरेको छ । फाउण्डेसनले तिन दिनसम्म सञ्चालन गरेको विज्ञान कला प्रदर्शनीमा विद्यार्थीहरुले आफैले सिर्जना गरेका नौला किसिमका नयाँ आविस्कारहरु प्रदर्शन गरेका हुन् ।No description available.

आईतबार देखि मंगलबारसम्म सञ्चालन भएको उक्त विज्ञान कला प्रदर्शनीमा विद्यार्थीका सयौ वटा आविस्कारमध्ये उत्कृष्ठ १४ वटा आविष्कार राखिएको प्रोग्रामका संयोजक शिवम बस्नेतले बताए । अन्य विद्यार्थीहरुले आविस्कार गरेका कलाहरु पनि उत्कृष्ठ भए पनि समय अभावको कारण १४ वटा कला मात्रै प्रदर्शनीमा राखिएको प्रोग्राम कोर्डिनेटर बस्नेतले बताए । प्रोग्राम कोर्डनेटर बस्नेतका अनुसार विद्याथीहरुले मेट्रोसिटी मोडेल, टेलिस्कोप, फाउण्टेन वाटरफल, ईलेक्ट्रोनिक म्याग्नेटिभ वेव, कुलर, पंखा, भल्कानो, रिमोर्टबाट चल्ने कार, किड्नी सिस्टम मोडेल, वाटर ईरिगेसन मोडेल, सोलार कुकर र सोलार सिस्टम मोडेललगायतका उत्कृष्ठ १४ ओटा आविष्कारहरु प्रदर्शनी गरेका थिए ।No description available.

विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिने उद्देश्यले उक्त प्रर्दशनीको आयोजना गरिएको सार्क एजुकेसन फाउण्डेनका सिईओ लक्ष्मन बस्नेतले बताए । ‘विद्यार्थीहरुलाई जति सक्दो व्यवहारीक ज्ञान तिर लैजाने लक्ष्यका साथ हामीले साईन्स एक्जीविसन प्रोग्रामको आयोजना गरेका हौ’, फाउण्डेसनका सिईओ बस्नेतले भने ‘सार्कको भिजन नै प्राक्टिकल एप्रोच हो, त्यसैले त्यसलाई पछ्याईरहेका छौ ।’ प्रर्दशनीलाई उत्कृष्ट बनाउनका लागि साईन्स एक्जिबिसन प्रोग्रामका संयोजक एवं बिज्ञान शिक्षक शिवम बस्नेत र विज्ञान शिक्षक बल्लभ पनेरु, प्रतिभा भण्डारीको ठूलो सहयोग रहेको सिईओ बस्नेतले बताए । तिन दिनको उक्त प्रदर्शनीको विभिन्न युनिभसिर्टिका विज्ञान विषयका विशेषज्ञहरु, हजारौ अभिभाबक, शिक्षक, सर्वसाधारणले अवलोकन गरेका थिए ।No description available.No description available.No description available.No description available.No description available.No description available.


ताजा समाचार

spot_img