बेलौरीमा एमाले उत्रियो आक्र्रमणमा पुर्व सहकर्मी समाजवादी उप मेयरका उम्मेदवार नन्द कुमार राना सहितका कार्यकर्तामाथि कुटपिट


कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा नेकपा एमाले आक्र्रमणमा उत्रिएको छ । चुनावको मिति नजिकिदै जाँदा एमालेका नेता कार्यकर्ता आफ्नै पुर्व सहकर्मीमाथि भौतिक आक्र्रमणमा उत्रिएका हुन ।

नेकपा एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ । एमाले नेता कार्यकर्ताहरुले आफ्नै पुर्व सहकर्मी एव समाजवादी बेलौरीका उप प्रमुख नन्द कुमार राना र प्रदेश सदस्य तिलक भट्टमाथि कुटपिट गरेको समाजवादीले जनाएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गरेर एमाले बेलौरीका ४का नेता एव उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।

नेकपा एकीकृकत समाजवादी सुप प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आईरहेको बेला भौतिक आक्र्रमण गरेको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।

समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । समाजवादीका प्रदेश सचिव सुवेदी घाईतेको उपचार र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।No description available.


Loading Viewer...

ताजा समाचार

spot_img