उपप्रमुखका उम्मेदबार राना र नेता भट्टमाथि साँघात्मिक हमला गर्ने एमाले कार्यकर्तालाई कार्बाही गर्न समाजवादी बेलौरीको माग


कञ्चनपुर, नेकपा एकीकृत समाजवादी पार्टी बेलौरीले समाजवादीका उपमेयरका उम्मेदवार नन्द कुमार राना र पार्टीका प्रदेश सदस्य तिलक भट्टमाथी साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्तालाई कार्बाहीको माग अघि सारेको छ ।

बुधबार समाजवादी बेलौरी नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै समाजवादीका उप प्रमुख राना र प्रदेश सदस्य भट्टमाथि साँघात्मिक हमला गर्ने एमाले नेता कार्यकर्तामाथि कार्बाहीको माग अघि सारेको हो । समाजवादीले जारी गरेको विज्ञप्तीमा एमाले ४का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालको निर्देशमा हमला गरिएको जनाईरहेको छ । वडाध्यक्ष ढकालकी श्रीमती र हिमाल श्रेष्ठ २५÷३० मोटरसाईकलमा रहेका एमाले अपराधिक जत्थाले साँघात्मिक हमला गरेको दावि समाजवादी बेलौरीले दावि गरेको छ । समाजवादी बेलौरीका उपाध्यक्ष मायाराम शर्माले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषि उपर कार्बाही नभएर आन्दोलनको चेतावनी दिएका छन । गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आईरहेको बेला भौतिक आक्र्रमण गरेको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।

समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।No description available.


Loading Viewer...

ताजा समाचार

spot_img