बेलडाँडी प्रमुखका उम्मेदवार भट्टको पक्षमा जनसर्मथन बढ्दै ,बामका उम्मेदबार भट्टलाई स्वतन्त्र उम्मेदवार शाहको साथ


कञ्चनपुर: बेलडाँडी गाँउपालिका प्रमुखका एक स्वतन्त्र उम्मेदवारले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रमुखका साझा उम्मेदवार ईश्वरी प्रशाद भट्ट साथ सर्मथन दिएका छन ।

गाँउ प्रमुखका लागि युवा नेता शाहले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका थिए । मतदान हुने चार दिन अवागै शाहले आफ्नो साथ सर्मथन माओवादी केन्द्रका नेता समेत रहेका भट्टलाई दिने घोषणा गरेका छन । सोमबार शाहले एक प्रेस विज्ञप्ती जारी गर्दै आफु स्वतन्त्र उम्मेदवारीबाट बाहिरिदै व्यक्तिगत रुपमा आफुलाई योग्य र ईमान्दार लागेका माओवादी केन्द्रका तर्फबाट बेलडाँडी प्रमुखका उम्मेदवार भट्टलाई आफुले सकेको पुर्ण सहयोग र सर्मथन गर्ने घोषणा गरेका छन । ‘मेरो स्वतन्त्र उम्मेदवारी पछि बेलडाँडीका तमाम बुद्धिजिवी युवा लगायत सम्पूर्णमा एक खालको ठुलो आसा पलाएको देखिएको थियो, ‘शाहले विज्ञप्तीमा भनेका छन, ‘मेरो बेलडाँडी बासीको चाहना गापाको अध्यक्ष राम्रो व्यक्ति निर्वाचित भएर हामी सबैको भाग्य र भविष्य सकारात्मक तर्फ लैजादै आम जनताको खुसी र सम्बृद्धिको चाहना पुरा गरोस भन्ने हो ।’ आजको दिनसम्म आई रहदा मतदातामा अलमलताको वातारण रहेको हुँदा मैलो कुनैपनि निजी स्वार्थमा नपरी बेलडाँडीबासीको भाग्य र भविष्यका लागि मैलै स्वतन्त्र अध्यक्षको उम्मेदवारीबाट बाहिरिदै भट्टलाई सा सर्मथन गर्ने जनाएका छन ।

बेलडाँडीका इमान्दार, शिक्षाप्रेमी एव लगनशिल समाजसेवी लामो समयदेखि राजनीतिमा होमिएका भट्ट यतिबेला चुनावी मैदानमा उत्रिएका छन । अर्थशास्त्रमा स्नातक गरेका भट्ट बेलडाँडीमा विवादरहित समाजसेवीका रुपमा परिचित छन । उनलाई माओवादी केन्द्रले अध्यक्षका रुपमा अघि सारेको छ । माओवादी र समाजवादीका साझा उम्मेदवार रहेका भट्टलाई दिन प्रतिदिन जनसर्मथन बढिरहेको छ । नेकपा माओवादी केन्द्र बेलडाँडीमा अध्यक्ष डम्बर शाहले माओवादी केन्द्रबाट अघि सारिएका प्रमुख ईश्वरी प्रशाद भट्ट, उप प्रमुख कल्पना गिरी सहित बाम गठबन्धनका उम्मेदवारको पक्षमा जनसर्मथन बढिरहेको बताए । ‘हामीलाई जनताको चौतर्फि सहयोग सद्भावले हामी बलिया भईसकेका छौँ, ‘उनले भने, ‘हाम्रो जित सुनिश्चित छ ।’No description available.No photo description available.


ताजा समाचार

spot_img