कञ्चनपुर: भीमदत्त नगरपालिका ७ नम्बर वडाबाट दुई दर्जन एमाले नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेस गरेका छन ।
शनिबार एक कार्यक्रमका विच एमालेका नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेको समाजवादी भीमदत्त नगरका उपसचिव ईन्द्रसिह ठगुन्नाले बताए ।
समाजवादीका नेता ठगुन्नाका अनुसार उत्तम बोहरा, दिनेश बोहरा, हर्क महरा, जगी महरा, जानकी बोहरा, लक्ष्मी जाग्री, राधा विष्ट धनेश्वरी बोहरा सहितका नेता कार्यकर्ताहरुले एमाले परित्याग गरेर समाजवादी प्रवेस गरेका हुन । एमाले प्रवेस गर्नेहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज प्रकास रावलले पाटीमा भित्र्राए ।







