अव्यवस्थीत बसोबास गर्ने सबैलाई जग्गा धनी पुर्जा दिने : युवा नेता ऐर


शुक्लाफाँटा: गठबन्धनका नगर प्रमुख पदका उमेदवार नवराज ऐरले अव्यवस्थीत बसोबासीहरुलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्य प्रमुखताका साथ गर्नेे बताएका छन ।No description available.

शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का युवा नेता ऐरले यस क्षेत्रमा आफ्ैले कमाउदै आएको जग्गाको पुर्जा नहुँदाको पिडा आफुलाई राम्रो गरी थाहा भएकाले सबै अव्यवस्थीत बसोबासीहरुलाई जग्गा धनी पुर्जा दिने कार्य गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन् । शुक्रबार शुक्लाफाँटाको वडा नं. ८ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख पदका उमेदवार तथा नेकपा (माओवादी केन्द्र)का युवा नेता नवराज ऐरले जग्जा धनी पुर्जा वितरणका साथै स्थानीय सरकारले कृषि क्षेत्रमा व्यापकरुपमा क्रान्ति ल्याउनु पर्ने बताएका छन् । उनले आधुनिक कृषि प्रणालीको विकासको लागी आफ्नो नेतृत्व सक्षम रहेको बताएका छन् ।No description available.

स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र) र (एकीकृत समाजवादी)पार्टीका तर्फबाट सझा नगरप्रमुखको उम्मेदवारका रुपमा माओवादी केन्द्रका तर्फबाट नवराज ऐर नगर प्रमुख पदका उमेदवार रहेका छन् । नगर उप प्रमुख पदको सझा उमेदवारमा समाजवादी पार्टीका माधव पन्त रहेका छन् । दैनिक विभिन्न चुनावी सभा र मतदाताहरु संग भेटघाट गरि रहेका उमेदवारहरुले आफ्ना चुनावी प्रतिवद्धताहर मतदाताहरुलाई गर्दै आएका छन् । शुक्लाफाँटाका मतदाताहरुले गठबन्धनका साझा उमेदवार नगर प्रमुख र उप प्रमुख पदमा क्रमस नवराज ऐर र माधव पन्तलाई चासो र उत्सुकताका साथ हेरेका छन् । दुवै उमेदवारहर विद्यार्थी राजनिती हुदै पार्टी राजनिती र शिक्षीत रहेको सबैको चासो र उत्सुकता बढेको छ ।No description available.


ताजा समाचार

spot_img