बेदकोटका बाम गठबन्धनका उम्मेदवारको चुनावी घोषणा पत्र सार्वजनिक

'जेष्ठ नागरिकको सम्मान, समुदायको सान' भन्ने नारालाई कार्यक्रम बनाई कार्यान्वयन गरिने


कञ्चनपुर: बेदकोट नगरपालिका प्रगतिशील बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन ।
शुक्रबार बाम गठबन्धनका उम्मेदवारले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन । निर्वाचन मुल परिचालन समिति बेदकोट नगरले ३४ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । निर्वाचन मुल परिचालन समिति बेदकोट संयोजक बिर बहादुर बुढाथोकीले बाम गठबन्धनका उम्मेदवारले आफ्ना चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा गईरहेको बताए । ‘हाम्रा उम्मेदवार चुनावी प्रतिबद्धता सहित जनताको घरदैलोमा गईरहेका छन, ‘उनले भने, ‘जे लेखिएका छन, सबै पुरा गर्नमा हाम्रा उम्मेदवार एकमत छन ।’ चुनावी प्रतिबद्धता सहित उम्मेदवारलाई जनतामाँझ लगेर प्रतिबद्धता पुरा गर्ने प्रतिबद्धता घोषणा गराईरहेको संयोजक बुढाथोकीले बताए ।No description available.बेदकोट नगरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र विच प्रगतिशील बाम गठबन्धन भएको छ । समाजवादीका तर्फबाट मेयरमा रामचन्द्र रेग्मी र उपमेयरमा हिरा जैसी(सीमा) सहितका उम्मेदवार चुनावी मैदानमा छन । ऐलानी र प्रति जमिन भएका किसानलाई एक बर्षभित्रै लालपुर्जा वितरणदेखि विपन्न घर परिवारलाई २ सय यूनिट विद्युत निःशुल्क वितरण गरिने, नगर बस संचालन गरिने, शुक्लाफाँटा निकुञ्जबाट हुने क्षतिको विद्युतीय तारबार गर्ने, कृषि बीमालाई अनिवार्य, महिला शसक्तिकरणका कार्यक्रम संचालन, अपाङगता भएका व्यक्ति घर परिवारको पहिचान गरी अनुदान तथा छुटका व्यवस्था गरिने, सुकुमबासी भूमिहिन, दलितका लागि सरकारले कानुनी व्यवस्था गरे बमोजिम जमिन उपलब्धताका लागि संघीय सरकारसंग यथाशिघ्र गरिने, छाडा पशु चौपाया नियन्त्रण गर्दै दुग्धजन्य पदार्थ र आर्गेनिक मल उत्पादन गरिन, फोहोर व्यवस्था जस्ता विभिन्न चुनावी एजेण्डा रहेका छन् । दुई दलिय बाम गठबन्धनका उम्मेदवारले अघिल्लो सरकारले संचालन गरेका अधुरा योजनालाई निरन्तरता दिदै बेदकोटलाई नमुना नगर बनाउने , दैजी छेला औद्योगिक क्षेत्रलाई अघि बढाएर गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्ने योजना अघि सारेका छन ।No description available.शिक्षा तर्फ प्राविधिक शिक्षाको विकास, स्वास्थ्य तर्फ ५० सैयाको अस्पताल निर्माण, कृषित र्फ वैज्ञानिक भूमि सुधार नीति बनाएर कृषिमा आधुनिकीकरण गर्ने, उद्यमतर्फ गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्ने, भौतिक पूर्वाधार तर्फ सडक स्तरोन्ती गर्ने, उज्यालो नगर बनाउने, प्राकृतिक स्रोत तथा वातावरण व्यवस्थापनका साथै सुशासन कायम गरिनेछ ।
No description available.घोषणा पत्र सार्वजनिक गर्दै उप प्रमुखका उम्मेदवार हिरा जैसी(सीमा)ले पार्टीको नीति सिद्धान्त र गठबन्धनको मर्म अनुरुप जनताकै हितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन । प्रमुखका उम्मेदवार रामचन्द्र रेग्मीले पनि जनताले जिताएसगै ११ हजार बढि परिवारलाई एकै बर्षमा लालपुर्जा वितरण गर्दै बेदकोटलाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।No description available.कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाटले संविधान रक्षाका पक्षधर बाम गठबन्धनका उम्मेदवारका पक्षमा जनलहर बढिरहेकाले जित नजिक रहेको भन्दै जनताको पक्षमा काम गर्न शुभेपक्षा प्रकट गरे ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले संविधान रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धन भएपनि कञ्चनपुरमा हुन नसकेकाले बामकै पक्षमा जनलहर बढेकाले चुनावी प्रतिबद्धता अनुरुप काम गर्न आब्हान गरिने । बाम प्रगतीशीलका उम्मेदवारले चुनावी प्रतिबद्धता अक्षेरस पालना गरेर काम गर्ने प्रण गरेका छन । प्रचार प्रसार समिति संयोजक प्रविन बोगटीले प्रतिबद्धता पत्र घोषणासगै नगरका थप गाँउबस्तीहरुमा चुनावी प्रचार प्रसार अभियान सचालन गरिनेछ ।No description available.No description available.

ताजा समाचार

spot_img