कञ्चनपुर: नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच गठबन्धनको नाममा घात हुँदा लालझाडी गाउँपालिका वडा न.५ मा जनताको साथ सहयोग माग्दै एकीकृत समाजवादीको तर्फबाट एक्लो उम्मेदवार रामदास राना वडा अध्यक्षको दौडमा रहेका छन् ।

गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष एव वडाध्यक्ष, सदस्यमा संयुक्त उम्मेदवार अघि सारेता पनि वडामा अध्यक्ष समाजवादीको भागमा परेता पनि बिचमै घात हुन पुग्दा उनि चुनावी मैदानमा एकीकृत समाजवादीको तर्फबाट एक्लो वडा अध्यक्ष पदका लागि होमिएका छन । लालझाडी गाउँपालिका वडा न.५ मा समाजवादीको तर्फबाट प्रगतिशिल गठबन्धनका घात संगै वडा अध्यक्षका एक्लो उम्मेदवार चुनावी अभियान अन्र्तरगत आज सोमबारबाट घरदैलो अभियानमा जुटेका हुन ।
समृद्धि वडा बिकास ,खेलकुद क्षेत्रलाई स्तरउन्नति ,सडक ,स्वास्थ्य शिक्षा र समग्र वडा लाई कृषिमा आधुनिकीकरण लगायतका एक्लो उम्मेदवारले एजेण्डा लगेर जनताको घरदैलोमा गईरहेको एक्लो वडा अध्यक्षका उम्मेदवार रानाले बताए। उनले भने, ‘हामीहरु हरेक जनताको घरदैलोमा गईरहेका छौँ, बाम गठबन्धनको नाममा म र हाम्रो पार्टी एकीकृत समाजवादी माथी भएको घातलाई मध्यनजर गर्दै जनतासंग दिगो विकासको बाचा गरिरहेका छौँ ।’ यसैगरी वडामा नियमित घरदैलो अभियान शुरु भएको छ ।







