कञ्चनपुर जिल्ला फुटबल संघले पायो पुर्णता

महासचिवमा नितेश रावल कोषाध्यक्षमा जोशी पहिलो बैठकबाट सर्वसम्मत


कञ्चनपुर: जिल्ला फुटबल संघको पहिलो बैठक बाट नयाँ कार्यसमितिले पुर्णता पाएको छ।No description available. शुक्रबार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको पहिलो बैठक बाट नयाँ कार्यसमितिले पुर्णता पाएको हो।No description available.

अखिल नेपाल फुटबल संघ(एन्फा) को विधान अनुसार महासचिव र कोषाध्यक्ष मनोनीत गर्नु पर्ने भएको ले भीमदत्त नगरपालिका अन्तर्गत रहेका कञ्चन समाज र द ग्यालेक्सी युथ क्लबका सदस्य नितेश रावल महासचिव र महेश दत्त जोशी कोषाध्यक्षमा सर्वसम्मत मनोनीत गरिएको संघले जानकारी दिएको छ।No description available. संघका अनुसार ,उपाध्यक्ष रमेश चन्द ,दाउत तामाङ र केशव चन्द सदस्यहरु मा कमलेश सिंह,दिपक सिंह बोहरा ,प्रजापति भट्ट , बलबहादुर जागरी , भीमबहादुर चन्द , महेश चन्द , राज प्रताप सिंह, सुक बहादुर तामाङ , शंकर चन्द ,खुला महिला सदस्य हेलन श्रेष्ठ र महिला सदस्य महेन्द्रा भट्ट सहित १३ सदस्य कार्यसमिति रहेको छ। फुटबल संघमा जिल्लाका १३ सदस्य क्लब आवद्ध रहेका छन् ।No description available.

बैशाख १ सम्पन्न भएको कञ्चनपुर जिल्ला फुटबल संघको ६ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेश बहादुर चन्द निर्वाचित हुनु भएको थियो । आज सम्पन्न पहिलो बैठक बाट निर्वाचन समिती लाई नयाँ कार्यसमितिले हार्दिक धन्यवाद समेत दिनु भएको छ। भने नव निर्वाचित कार्यसमिति प्रती सामाजिक सञ्जालमा गरेका पोष्टमा अपाच्य शब्दको प्रयोग गरि कमेन्ट गर्नुका साथै (अब्बाह)  फैलाएको प्रती खेद प्रकट समेत गरेको छ


ताजा समाचार

spot_img