कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला फुटबल संघको अध्यक्षमा अनिल मल्ल चयन भएका छन् ।

सनिवार सम्पन्न कैलाली जिल्ला फुटबल संघको ९ औं साधारण सभा तथा जिल्ला अधिवेशन बाट अध्यक्षमा अनिल मल्ल सर्वसम्मत निर्वाचित भएका हुन। कैलाली जिल्ला फुटबल संघको ९ औं साधारण सभा तथा जिल्ला अधिवेशन बाट १५ सदस्य कार्यसमिति निर्वाचित भएका कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष डबल बहादुर थापाले बताएका छन् ।


उनका अनुसार , जिल्लाको अध्यक्ष र ११ सदस्य सर्वसम्मत चयन भएका हुन। भने उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको थियो त्यसमा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियामा गएको थियो। जसमा ३ जना निर्वाचित भएका छन् ।
जिल्लाको नयाँ कार्यसमितिमा अध्यक्ष अनिल मल्ल , उपाध्यक्षमा कुमार बहादुर शाही , जितेन्द कुमार बोगटी (बोस), रज बहादुर थापा चयन भएका छन् । यस्तै सदस्यहरु क्रमश आरती आचार्य , मोहित कुमार शाह, तेज बम, चन्द देब बम, हर्क दानपाली,होम तामाङ , कृष्ण बहादुर चौधरी ,नरेन्द्र बहादुर डगौरा , देवि राम जैसी , सुरेश चौधरी , श्याम बिष्ट चयन भएका छन् ।

जिल्लाको ९ औं साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ , विशिष्ट अतिथिमा प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष राघविन्द्र कार्की रहनु भएको थियो। भने जिल्ला फुटबल संघका महासचिव ओम प्याखुरेल संचालन कार्यक्रम संचालन गर्नु भएको थियो।









