टाईफाई रोग विरुद्ध राष्ट्रिय खोप कार्यक्रम संचालन हुने

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने


कञ्चनपुर : सोमबार कञ्चनपुरका डेढ लाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको राष्ट्रिय खोप कार्यक्रम संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०७८/०७९ मा डेढलाख बालबालिकालाई टाईफाई रोग बिरुद्धको खोप लगाईने लक्ष्य लिई यसै साथ खोप अभियान जिल्लाका सबै पालिकामा संचालन गर्ने भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक जिल्लाका सबै पालिकामा रहेका सामुदायिक एवं निजि संस्थागत विद्यालयमा खोप लगाउने अभियानको तयारी भईरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुवँरले बताए । उनले भने, कञ्चनपुरका ५ सय २४ खोप केन्द्र मार्फत आगामी २५ चैत्र देखि २०७९ बैशाख गते सम्म राष्ट्रिय खोप अभियान संचालन गरिनेछ ।

No description available.

खोप अभियानका लागि जनस्वास्थ्यकर्मी शिक्षिका सहितका सबैलाई तालिम दिईसकेको र टाईफाई रोग बिरुद्धमा टिभीसी खोप लगाईने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘हामीले कम्तिमा २ सय विद्यार्थी भन्दा बढी भएको विद्यालयमा एक खोप केन्द्र बनाउने निर्णय गरेका छौँ, ‘उनले भने, ‘सामुदायिक विद्यालय र संस्थागत केन्द्रबाट खोप लगाउँछौँ ।’ केही पालिकाले परीक्षाको तालिका निकालेका कारण केही समस्या देखिएको छ। १ लाख ६१ हजार ८ सय ७५ बालबालिकालाई खोप दिइने । जसमा १५ महिना देखि १५ वर्ष सम्मका बालबालिका उमेर समुह लाई लक्षित गर्दै खोप लगाइने छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियान कार्यक्रम भएकाले सहयोगका लागि अपिल गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img