कञ्चनपुर: आगामी बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनका लागि जनप्रिय उम्मेदवार छनौटका लागि नेपाली काँग्रेसले वडादेखि प्रदेश समितिलाई परिपत्र जारी गरेको छ । काँग्रेस केन्द्रीय परिपत्र अनुरुप कञ्चनपुरले समेत वडादेखि जिल्ला समितिलाई परिपत्र जारी गरेको हो । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिथको परिपत्र अनुरुप जिल्लाले समेट वडा सहितका समितिलाई राम्रो, जनताको पक्षमा काम गर्ने ईमान्दारलाई उम्मेदवारका रुपमा सिफारिस गर्न परिपत्र जारी गरेको बताए ।

उपाध्यक्ष सिहका अनु्सार वडा समिति २० चैत्रमा बैठक बसी २१मा माथिल्ला समितिमा नाम सिफारिस गर्ने, गाँउ तथा नगरपालिकाले २२मा बैठक बसी २३मा माथिल्ला समितिमा नाम सिफारिस गर्ने, २३मा प्रदेश सभाको बैठकबसी २५मा माथिल्ला समितिलाई सिफारिस गर्ने, २६चैत्रमा प्रतिनिधी सभा बैठकबसी २७मा उम्मेदवार सिफारिस गर्ने, २८ जिल्ला कमिटि बैठकबसी, २९मा सिफारिस गर्ने र सुप प्रदेश समितिको चैत्र ३०मा बैठक बसेर १बैशाखमा माथिल्लो कमिटिमा सिफारिस गर्न परिपत्र गरिएको छ । ‘हामीले जिल्लाबाट १७चैत्रमै वडादेखि सघीय निर्वाचन समितिलाई परिपत्र गरिसकेका छौँ, ‘उप सभापति सिहले भने, ‘तलबाट सिफारिस भई आएका उम्मेदवारको अन्तिम टुङगो केन्द्रले नै गर्छ, यस पटक ईमान्दार,राम्रो र जनताको पक्षमा काम गर्नेले टिकट पाउँछन ।’







