समाजसेवी मल्ल डडेल्धुरा आउने

महेन्द्रनगर : समाजसेवी सफल उद्यमी युवा मनका ढुकढुकी विनय प्रकाश मल्ल डडेल्धुरा आउने भएका छन् । यही चैत्र १९ गते उनी डडेल्धुरा आउने कार्यक्रम रहेको स्वतन्त्र युवा डडेल्धुराका युवा सुरत तमोलीले बताएका छन् । अहिले मल्लले आफुले सहयोग गरेका बिद्यालय मठमन्दिर, बाटोघाटो, खानेपानी, र स्थानियहरुसंग भेटघाट तथा साक्षत्कार कार्यक्रम रहेको उनले बताए । डडेल्धुराका स्थानियहरुले विनय दाजुलाई जसरी पनि आउनु पय्रो भन्ने आग्रहमा उहाँ जापानबाट भेटघाट गर्न डडेल्धुरामा आउने कार्यक्रम रहेको उनले बताए ।

मल्ललाई भव्य स्वागतको तयारी रहेको र सबै स्थानिय तथा आम जनसमुदायमा चैत्र १९ गते उक्त कार्यक्रममा सहभागीको लागि उनले अनुरोध समेत गरेका छन् । डडेल्धुरामा विगतका दिनमा नेताहरुलाई मात्रै स्वागत गरिने परिपाटीको अन्त्य गर्दै पहिलो पटक समाजसेवी तथा स्थानियलाई कामको उच्च कदर गर्दै सम्मान तथा स्वागत गरिने भएको हो । डडेल्धुराको अमरगढी ४ तल्लो खलंगामा जन्म लिएका मल्ल हाल जापानमा रहँदा पनि उनले आफनो मिहिनेतले कमाएको केही रकम सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । मल्लले विगत ६ वर्षदेखी जिल्लामा बिभिन्न बिद्यालय, मठमन्दिर,बाटोघाटो, स्वास्थ्य शिक्षा,अनाथ बालबालिका गरिब, दलित बिधार्थीहरुलाई पढनको लागि कापी किताव बिद्यालय पोशाक छात्रबृती,लगायतका सामग्रीहरु सहयोग गर्दै आएका छन् ।

ताजा समाचार