कञ्चनपुरको महेन्द्रनगर मावि(साधारण स्कुल) पढ्दै कमाउँदै कार्यक्रममा छनौट


कञ्चनपुर: कञ्चनपुरको चर्चित एक सामुदायिक विद्यालय पढ्दै कमाउँदै कार्यक्रममा छनौट भएको छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर मावि (साधारण स्कुल) पढ्दै कमाउँदैमा छनौट भएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशभरीका सामुदायिक विद्यालय अन्र्तरगत कञ्चनपुरको महेन्द्रनगर मावि पनि उक्त कार्यक्रममा समावेस गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज विष्टले शिक्षा मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम अन्र्तरगत महेन्द्रनगर माविलाई छनौट गरे अनुरुप काम समेत संचालन गरिने बताए । ‘माथि मन्त्रालयबाट आएको कार्यक्रम हामीले विद्यालयमा व्यवहारिक रुपमा कार्यान्वयन गरेर अघि बढ्छौँ, ‘उनले भने, ‘विद्यालयमा प्रभावकारी ढङगबाट कार्यक्रम अघि बढाएर यस क्षेत्रका विद्यार्थीलाई लाभान्वित गराउँछौँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img