कञ्चनपुर: कञ्चनपुरको चर्चित एक सामुदायिक विद्यालय पढ्दै कमाउँदै कार्यक्रममा छनौट भएको छ । भीमदत्त नगरपालिका १८कटानमा रहेको महेन्द्रनगर मावि (साधारण स्कुल) पढ्दै कमाउँदैमा छनौट भएको हो । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले देशभरीका सामुदायिक विद्यालय अन्र्तरगत कञ्चनपुरको महेन्द्रनगर मावि पनि उक्त कार्यक्रममा समावेस गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज विष्टले शिक्षा मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम अन्र्तरगत महेन्द्रनगर माविलाई छनौट गरे अनुरुप काम समेत संचालन गरिने बताए । ‘माथि मन्त्रालयबाट आएको कार्यक्रम हामीले विद्यालयमा व्यवहारिक रुपमा कार्यान्वयन गरेर अघि बढ्छौँ, ‘उनले भने, ‘विद्यालयमा प्रभावकारी ढङगबाट कार्यक्रम अघि बढाएर यस क्षेत्रका विद्यार्थीलाई लाभान्वित गराउँछौँ ।’

