कञ्चनपुर : मदन नेपाली नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १८ सालघारी टोलको भेला सम्पन्न भएको छ । सोमबार माओवादी केन्द्र भीमदत्त नगर सालघारी टोलको भेला सम्पन्न भएको हो । माओवादी केन्द्र भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष गंगादत्त जोशीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्तममा माओवादी नेताहरुले एक पटक माओवादी केन्द्रलाई जिम्मेबारी दिन आग्रह गरेका छन ।


माओवादी केन्द्रका क्षेत्र नम्बर ३ इन्चार्ज कृष्णदत्त जोशी (बोक्सर)को प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी नेतृ कौसिल्या ओझा, बुद्धिजिवी कञ्चनपुर अध्यक्ष बिरेन्द्र साउद, माओवादी नेताहरु देवेन्द्र ढुङगाना, बिरेन्द्र राज विष्ट, आनन्द सिह धामी, लगायतको उपस्थिति रहेको थियो । भेलामा विभिन्न पार्टी परित्याग गर्दै माओवादीमा प्रवेस गर्नेहरुलाई स्वागत गरिएको थियो ।








