राष्ट्रिय महिला लिग फुटबल : धनगढीको लगातार दोस्रो जित


कञ्चनपुर, 
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम चितवनमा संचालन भैरहेको महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता-२०७८ मा धनगढी उपमहानगरपालिकाले लगातार दोस्रो जित निकालेको छ।
चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।धनगढीले सुरुआती एक गोलको अग्रता लाई पन्छाएर जित निकालेको हो ।May be an image of 3 people, people standing and outdoors
खेलको ४४ औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरुआती अग्रता दिलाएकि थिइन्। तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याउन सफल भइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयकै चौंथो मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै धनगढीलाई २-१ को अग्रता कायम राख्दै दोस्रो जित दिलाउन सफल भइन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रा भण्डारी प्लेर अफ दि म्याच समेत घोषित भइन।May be an image of 2 people, people standing and text that says 'FIFA AFC NATIONAL WOMEN'S LEAGUE-2022 राष्ट्रिय महिला लिग-२०७८ 90 शारदानगर, नेपाल FIFA FIFA Û FIFA FIFA Tat FIFA'उनले दस हजार समेत हात पर्न सफल भइन्। धनगढी लगातार दोस्रो जित संगै ६ अंक जोड्न सफल भएको छ।
महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।May be an image of 2 people and people standingMay be an image of 2 people, people standing and outdoorsMay be an image of 1 person

ताजा समाचार

spot_img