कञ्चनपुर ,
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा चितवनमा सञ्चालित महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता -२०७८ मा चन्द्रा भण्डारीकि उत्कृष्ट प्रदर्शन संगै धनगढी उपमहानगरपालिका महिला फुटबल टिमले रोमाञ्चक जितका साथ विजय सुरुवात गरेको छ।

शुक्रबार लिगको पहिलो खेलमा धनगढीले वालिङ नगरपालिकालाई ६-० को गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो। धनगढीको जितमा चन्द्रा भण्डारीले उत्कृष्ट ४ गोल गरिन् । त्यस्तै सिमा रावल र अन्जना राईले समान एक- एक गोल गरिन । भने वालिङ् नगरपालिकाले गोल गर्न भने असफल भयो।

महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।







