कञ्चनपुर:अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहीं चैत्र १० गते देखी चितवन र बिराटनगरमा आयोजना हुन् गई रहेको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता -२०७८ मा सहभागिता जनाउनको लागी धनगढी उपमहानगर पालिकाको महिला फुटबल टोली चितवन तर्फ प्रस्थान गरेको छ।

सोमबार एक कार्यक्रमको आयोजना गरि धनगढी उपमहानगरपालिकाका मेयर निर्प बहादुर ओड,उप-मेयर सुशीला मिश्र भट्ट, सुदूरपश्चिम प्रदेश फूटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ ,प्रदेश फूटबल संघका उपाध्यक्ष राघवेन्द्र कार्की ,कैलाली जिल्ला फूटबल संघका महासचिब ओम प्याकुरेल,धनगढी उपमहानगरपालिका वडा न.१२ का वडा अध्यक्ष गणेश प्रसाद जोशी , कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं मनकामना युवा क्लबका अध्यक्ष डबल बहादुर थापा, निपा चोखाल लगायत जिल्लाका विभिन्न फूटबल खेल प्रेमीहरुको उपस्थितिमा धनगढी उपमहानगरपालिकाको महिला टोलिको बिदाइ कार्यक्रम सम्पन्न गरिएको थियो।

धनगढीले आफ्नो पहिलो खेल यहि चैत्र १० गते वालिङ नगरपालिका विरुद्ध खेल्नेछ । प्रतियोगिताको पहिलो चरणका ७ खेलहरु चितवन मा हुनेछन् भने बाकी ७ खेलहरु बिराटनगरमा हुनेछन् । प्रतियोगिता झन्डै डेढ महिना सम्म चल्नेछ ।

यसै बर्ष सम्पन्न उपमेयर कप फूटबलमा इतिहास रच्दै स?सुदूरपश्चिम प्रदेशको नै सान बन्दै पहिलो स्थान हासिल गरेको धनगढी उपमहानगरपालिका र दोस्रो स्थान हासिल गरेको ललितपुर महानगरपालिका राष्ट्रिय महिला लिगका लागि छनोट हुन सफल भएका थिए।























