कैलाली ,
सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले भोग्नुपरेको समस्या बारेमा सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सुदूरपश्चिम समाज धनगढीको आयोजनामा विभिन्न संघसंस्थाका प्रतिनिधि संग छलफल गरिएको सुदूरपश्चिम समाजका अध्यक्ष करुणा नेपालले बताउनु भयो। उनका अनुसार (एलजिबिटीक्यू) समुदायहरु ले विभिन्न क्षेत्रमा भोग्नुपरेका समस्याका बारेमा निल हिरा समाज काठमाडौका कार्यकारी निर्देशक मनिषा ढकालले प्रस्तुतीकरण दिनु भएको थियो। पहिला भन्दा पछिल्लो समयमा समाजले हेर्ने दृष्टिकोण सकारात्मक रहेको छ। तर अझै समाजलाई सचेतना कार्यक्रम गरि नजिकैबाट बुझाउनु पर्ने देखिन्छ । अध्यक्ष नेपालले बताइन् ।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले बोग्नु परेको समस्या बारेमा राष्ट्रिय स्तरको सर्वे गर्ने तयारी रहेको कार्यकारी निर्देशक ढकालले बताउनु भयो।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले बोग्नु परेको समस्या बारेमा राष्ट्रिय स्तरको सर्वे गर्ने तयारी रहेको कार्यकारी निर्देशक ढकालले बताउनु भयो।
नेपालको संविधानमा मात्र एउटा सेतो कागजको पाना कालो अक्षरले लेखिएको हक अधिकार लाई एउटा व्यवहारमा लागू हुने गरि हक अधिकार सरकारले कार्यान्वयन गरि तीन वटै तहको सरकारले विशेष रुपमा त्यसको बारेमा सोच्नु पर्ने छ।जसमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय (एल जि बिटि आई क्यू) का समुदाय मान्छे सवै सम्मान सरह हुन र मानिसको व्यवहार परिवर्तन हुन नसक्दा पनि विभिन्न समस्याहरु देखा परेको हुन्छ यसको लागि निरन्तर सम्बन्धी निकाय संग सम्पर्क बेला बेलामा गर्नु पर्ने हुन्छ त्यसले गर्दा समस्या लाई समाधान गर्न सहज हुने सरोकारवालाले सुझाव पनि दिनु भएको छ।
दुर दराजका पहाडी जिल्लामा पनि यस्ता खालका जनचेतनामूलक कार्यक्रम गर्नु पर्ने र समुदायको पहिचान गर्नु पर्ने पनि सुझाव दिनु भयो। पहिचान गर्न नसक्दा भारत पलायन हुने पनि रहेको बताए । यसैका साथ स्थानीय निकाय संग पनि समन्वय गर्दा अझै प्रभावकारी हुन सक्ने बताए। अपाङ्गता भएका अल्पसंख्यक समुदायका समलिङ्गी महिला र समलिङ्गी पुरुष व्यक्ति लाई सम्मान रुपमा जोड्न सक्नु पर्ने पनि देखिन्छ ,जसका आधारमा (एल जि बिटि आई क्यू ) शब्द चयनमा ख्याल गर्नु पर्ने छ।





