कञ्चनपुर: महेन्द्रनगरमा पोषणयुक्त खाना बारे जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ ।
निड्स नेपालले एलडब्लूआरको आर्थिक सहयोग तथा गौरीगंगा नगरस्तरिय युवा सञ्जालले महेन्द्रनगरमा पोषणयुक्त खाना बारे जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको गरेको हो ।

बुधबार कोभिड १९ बाट प्रभावित समुदायहरुको पुनरोत्थान परियोजना अन्र्तरगत महेन्द्रनगरमा पोषणयुक्त खाना बारे जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको छ । कोरोना महामारीका कारण ब्यापार व्यवसाय धरापमा परेपछि मानिस कुलतमा फस्दै गएका बारे सडक नाटक मार्फत चित्रण गरिएको थियो ।
जसमा कोरोना महामारीका बेला गर्भवती महिला, सुत्केरी, असाहय, बिरामी अशक्तहरुका लागि पोषणयुक्त खाने परिकारका साथै कोरोना बिरुद्धको खोप आवश्यक भएको देखाउन जनचेतनामुलक सडक नाटक गरिएको थियो ।








