विपन्न समुदायका बालबालिकाहरुलाई आर्थिक सहयोग


कञ्चनपुर: बागेश्वरी असल शासन क्लब नेपालले तीन जना जोखिममा रहेका असहाय तथा विपन्न बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।
मंगलबार अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर अभिभावक्त गुमाएका (आमाबुबा नभएका) परिवारको आर्थिक अवस्था दयनीय भएर पठनपाठनमा समस्या रहेका बालबालिकाहरुलाई नगद रकम हस्तान्तरण गरेको हो । May be an image of 8 people, people standing and outdoorsसहयोग अन्तर्गत भीमदत्त नगरपालिका वडा न.१३ वृद्ध हजुरबुबाको सहारामा बस्ने वि पी आधारभुत विद्यालय ओदाली मा कक्षा ०३ मा अध्ययनरत बिकास रोकाया,१३कै वृद्ध हजुर आमाको सहारामा बस्ने मन्जु सुनार जसले १० कक्षाको अध्ययन सकेर आर्थिक अभावका कारण उच्च शिक्षा पढ्न बाट बन्चित रहेकी छन् । यसैगरी बेदकोट न.पा ०४ मा ११ वर्ष देखि श्रीमान बेपत्ता भएर मजदुरी गरेर दुई छोरी र एक छोरा लाई सहारा दिदै आएकी ४८ वर्षिय सीता महरा को परिवारलाई छोराछोरीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो ।May be an image of 8 people, people standing and outdoorsयुनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा संचालित बाल संरक्षण कार्यक्रम अन्तर्गत जोखिममा रहेका आमाबुवा नभएका बालबालिकाहरुलाइ सहयोग गरेको बास नेपालका कंचनपुर प्रतिनिधि हेमा धामी ले बताए । बालबलिकाहरुलाइ सहयोग रकम बाफत जनही ५ हजार का दरले हस्तान्तरण नगर प्रमुख अशोक चन्द , वडा अध्यक्ष भाष्कर दत भट्ट लगायतको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।May be an image of 5 people, child, people standing and outdoorsसहयोग हस्तान्तरण कार्यक्रममा सहभागी भि.न.पा १३ का वडा अध्यक्ष लालबहादुर शाहीले जोखिममा रहेका बिपन्न समुदायका लागि गैरसरकारी संघ संस्थाहरुको महत्त्वपूर्ण भुमिका रहि आएको बताए । May be an image of 8 people, people sitting, people standing, outdoors and treeरकम हस्तान्तरण कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि रम चन्द्र रेग्मी,अमिर तिरुवा ,महेश भटटा र मञ्जु धामी हरु लगायतको सहभागिता रहेको थियो। बास नेपालले युनिसेफको सहयोगमा सुदुरपश्चिम् र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम र जोखिम पुर्ण संचार र सामुदायिक संलग्नता परियोजना संचालनमा रहेको छ ।

ताजा समाचार

spot_img