घरेलुु टिम सुदुरपश्चिम ११ को हार संगै शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा


कञ्चनपुर:हिमालयन शेर्पा क्लव धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलुु टिम सुदुरपश्चिम ११ लाई दुई एकले हराउँदै शेर्पाले अन्तिम चारमा स्थान बनायो ।धनगढी रंगशालामा घरेलु दशकमाझ सुदुरपश्चिम पहिलो खेलबाट नै बाहिरीएको छ । पुरै खेलमा अधिकांस समय दबाब दिएको शेर्पाको जितमा पिस्टोन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा हिमालयन शेर्पाले खेलमा अग्रताा बनायो । उसका लागि पिस्टोन मुटाम्बाले डिबक्समा अनमार्क रहँदा हेडर गोल गर्न सफल भए ।May be an image of 13 people, people standing and outdoors
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको शेर्पाले दोस्रो हाफको सुरुवातमा नै सुरेस कुमालले गोल गर्दै टिमलाई दुई शुन्यमा पुर्याए । खेलको ७२ औं मिनेटमा सुदुरपश्चिम ११ ले गोल गर्दै अन्तर दुई एकमा पुर्यायो । तर त्यसपछि घरेलु टिम खेलमा फर्कन सकेन र पराजित भयो । सेमिफाइनलमा शेर्पाले मनाङ मस्र्याङदी क्लवसँग खेल्नेछ । प्रतियोगितामा भोली बागमती युवा क्लव र ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लवबिच खेल हुनेछ ।

ताजा समाचार

spot_img