पुनर्वासमा मानव बेचबिखन ओसारपसार नियन्त्रण सम्बन्धी मासिक बैठक सम्पन्न

पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा नगर स्तरीय मानव बेचबिखन ओसारपसार नियन्त्रण समितीले मासिक बैठक सम्पन्न गरेको छ । बुधबार नगरपालिकाकि उपमेयरको कार्यकक्षमा सम्पन्न बैठक पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको सभाध्यक्षमा समितिले नयाँ कार्यविधि पछिको पहिलो बैठक सम्पन्न गरेको हो । बैठकमा नगरले गरेका कार्यक्रम र प्रयास सम्बन्धमा छलफल गर्ने, तथ्यांक संकलन कसरी गर्ने र नारी दिवस के कस्ता कार्यक्रम गरेर मनाउने भन्ने विषयमा छलफल गर्दै निर्णय गरेको थियो ।
No description available.
छलफलबाट भएको निर्णयमा मानव बेचबिखन तथा ओसारपसारसंग सम्बन्धित एकीकृत तथ्यांक व्यवस्थापन गर्नको लागि आवश्यक मानव श्रोतसंगै आवश्यक सामाग्री हाम्रो सम्मान परियोजना र पुनर्वास नगरपालिकाको संयुक्त साझेदारीमा गर्ने, फागुन २९ गते बिहान ११ बजे मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि गरेका कार्यक्रमको सार्वजनिक बहस नगरपालिकाको हलमा गर्ने र नारी दिवस भव्य तरिकाले मनाउने भनी बैठकले टुंगो लगाएको हो ।
खुल्ला सीमा नाकाहरुमा माध्यमिक विद्यालय स्तरका बिद्यार्थीहरु, सुरक्षाकर्मी,पत्रकार , महिला अधिकारकर्मी लगायतका व्यक्तिहरुको सहभागीतामा जनचेतनामुलक कार्यक्रम सो समितिले गर्दै आएको सभाध्यक्ष नगर प्रमुख जिवनराज थापाले जानकारी दिनुभयो । निड्स नेपालको “हाम्रो सम्मान” परियोजना र नगरपालिकाको संयुक्त साझेदारीमा गरिने तथ्यांक संकलन कार्यले नगरपालिकाको हरेक जानकारीको अभिलेख रहने र कुनै समस्या आईपर्दा समाधान गर्न समेत सहज हुने छलफलमा जनाइएको थियो ।

ताजा समाचार