भूमि आयोगलाई विप्लव निकट सुकुमबासी संघको १३बुँदे माग


कञ्चनपुर : नेकपा विप्लव निकट अखिल नेपाल भूमिहिन सुकुमबासी संघले राष्ट्रिय भूमि आयोग कञ्चनपुरलाई १३बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले पार्टी निकट सुकुमबासी संघले शुक्रबार विभिन्न माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ ।

सुकुमबासी संघले जनतालाई जमिनको मालिक बनाउनुपर्ने माग अघि सारेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङगानाले सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीलाई जमिनको धनी बनाउने काम अघि बढाएको बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img