महेन्द्रनगर : बाजुरामा जोखिम परिवारलाई खाद्यन्न र लुगाकपडा सहयोग गरिएको छ । बुढिगंगा नगरपालिकामा रहेका जोखिम तथा खाद्य संकट परिवारलाई खाद्यन्न तथा लुगाकपडा सहयोग गरिएको हो । नगरपालिकामा रहेका बाढीपहिरो पिडित, आर्थिक अबस्था कमजोर र अभिभाबक बिहिन २९ परिवारलाई शान्ति सेवा गृहको सहयोग र राहत बितरण गरिएको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताए् ।

राहत बितरण बुढिगंगा नगरपालिकामा रहेका अलपत्र परिवार तथा बेसाहारा परिवारलाई चामल, दाल, नुन, तेल सहयोग गरिएको स्थानिय मन बहादुर बोहोराले वताए । त्यस्तै लुगाकपडा, जुता सिलिपिङ्ग ब्याग सहयोग गरेको बोहोराले वताएका छन् । वडा सँगको सहकार्यमा अभिभाबक बिहिन बालवालिका छनोट गरेर सहयोग गरिएको हो ।

बुढिगंगा नगरपालिकामा खाद्यान्न समस्या भोगिरहेका पहिलो चरणमा २९ परिवारलाई खाद्यन्न सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अझै थप समस्या परेका खाद्यन्न अभाबमा अलपत्र परेका परिवारलाइ सहयोग गर्दै जाने उनले वताएका छन् । केही अभिभाबक बिहिन बालवालिकालाई संरक्षण गरेर पठनपाठन देखी पालनपोषण संस्थाले गरिरहेको छ ।







